अब वैदेशिक कामदार पनि सामाजिक सुरक्षा कोषमा

49

काठमाडौं। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि सामाजिक सरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् ।

आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोषमा आबद्ध गर्न सकिनेगरी नयाँ कार्यविधि जारी गरिएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ जारी भएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार संसारको जुनसुकै कुनाबाट पनि अनलाइन माध्यमबाट जोडिएर सहजै सामाजिक सुरक्षा कोष ९सासुको० मा आबद्ध हुन पाउने व्यवस्था भएको छ ।

यसअघि, स्वदेशी विभिन्न रोजगारदाता कम्पनी, उद्योग, प्रतिष्ठानका कामदार मात्र कोषमा आवद्ध हुने व्यवस्था थियो । अहिले सरकारले सामाजिक सुरक्षासम्बन्धी नयाँ कार्यविधि जारी गरिदिएर वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीलाई पनि सहजै कोषमा आवद्ध हुन पाउने व्यवस्था गरिएको छ । आजको राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here