प्रचण्ड’लाई भेट्न जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगे

45

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। नयाँ सरकार गठनबारे गृहकार्य चलिरहेका बेला दाहाल–यादवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जसपाले नेकपा (एमाले) सँग तालमेल गरेर निर्वाचनमा होमिएपनि निर्वाचनको मतपरिणाम आएसँगै एमालेसँगको तालमेल सकिएको जनाईसकेको छ ।

सरकारको नेतृत्व गर्ने दलको नीति र आफूहरूले उठाउँदै आएका मुद्धा सम्बोधनको विषयलाई हेरेर सरकारमा सहभागी हुने बताउँदै आएका यादव दाहालको पहलमा सत्ता गठबन्धनसँग सहकार्य गरेर सरकारमा सहभागी हुने तयारीमा छन् ।

गठबन्धनको अर्को घटक माओवादी केन्द्रले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै आएको छ । प्रचण्डको दाबीमा एकीकृत समाजवादीका नेताहरुको पनि समर्थन देखिन्छ ।

कांग्रेस संस्थापन पक्ष सुरुमा देउवालाई प्रधानमन्त्री बनाएर माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पालो दिने सहमति गर्न तयार देखिएको छ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here