आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन पक्राउ

82

शिवशङ्कर मिश्र

बारा । जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका–२ का २२ वर्षीय बृज सहनी रहेको बारा प्रहरीले जनाएको हो ।

खैरो, पहेँलो रङ्ग जस्तो देखिने बस्तुमा चिम छुआउँदा बल्ने गरेको अमूल्य बस्तुको खरिद बिक्री भई रहेको सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ गण हेडक्वाटर बारा र नेपाल अनुसन्धान ब्युरोको सहयोगमा होटेलबाट शनिबार साँझ युरेनियमसहित तीनै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ गरिएको तीनै जनालाई आवश्यक कारबाही र अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो । उनीहरूको साथबाट बरामद भएको बहुमूल्य बस्तु युरेनियम भए नभएको यकिन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here