जसपाले सरकारमा सहभागी हुनका लागि अघि सारे तीन सर्त

60

काठमाडौं । जनता समाजवादी नेपालको राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त अघि सारेको छ।

बैठकले सर्त राख्दै ती पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। जसपाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्तिहरु सरकारमा सहभागी भएकाले त्यो अवस्थामा यी विषयमा प्रतिकूल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा आएमा सरकारमा सहभागी नहुने बताइएको छ।

जसपाको दोस्रो सर्तका रुपमा पार्टीले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने निर्णय गरिएको छ।

र तेस्रो तथा अन्तिम सर्तका रुपमा शक्ति बाँडफाँट सम्मानजनक नभएको अवस्थामा सरकारमा सहभागी नहुने जसपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here