त्रिविले सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान आग्रह

60

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ।

प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो।

त्रिविबाट सम्बन्धन लिई हाल सञ्चालनमा रहेका क्याम्पसहरू नवीकरण भए वा नभएकोसम्बन्धी विस्तृत विवरण अनलाइनमा समेत हेर्न सकिने त्रिविको भनाइ छ।

पहिल्यै नवीकरण स्वीकृत भई हालसम्म पनि पत्र नलगेका क्याम्पसहरूको विवरण पनि अनलाइनमै हेर्न सकिन्छ।

हेर्नुस् सूचना:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here