ललितपुर । कुलेश्वर जाने नयाँ पुलमा झुण्डिएकाे अवस्थामा एक पुरुषकाे शव फेला परेकाे छ।
बिहीबार बिहान करिब १२ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी परिसर ललितपुरकाे टाेली घटनास्थलमा पुगेकाे थियाे।
घटनास्थलमा एक पुरुषकाे लाश फेला परे पनि लाशकाे सनाखत हुन बाँकी नै रहेकाे एसपी प्रविन पाेख्रेलले जानकारी दिए।
थप विवरण आउन बाँकी नै छ।


















