जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

37

काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ३ सय ३० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here