काठमाडौं । सांसद् प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद् साहले पदले समाज परिवर्तन नहुने बताएका हुन्।
साहले भने, ‘आवश्यकताका आधारमा पद सिर्जना गरिरहेका छौं। भागबण्डाले देशलाई समृद्धिमा लैजान्छ। अहिले बनेका उप यति जरुरी थियो नेपालमा ? उपप्रधानमन्त्रीको झुण्डले के देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साहित गर्छ।’
‘सदाचारका कुरामात्रै गर्न नहुने बताए। साहले भने, ‘उपप्रधानमन्त्री केका लागि बनाइएको हो ? सदाचारका कुरा गर्ने। पदको सृष्टि गरेर देश समृद्ध हुँदैन।’


















