वैज्ञानिकले पत्ता लगाए सम्बन्ध विच्छेदका रहस्यहरू !

41

काठमाडौं । सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन ।

लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धमा यसरी एकाएक दरार आएर ब्रेकअप हुनु पीडादायी हुन्छ नै । केही समय पछि ब्रेकअप हुन्छ है भनेर अलिक अगाडि नै थाहा भैदिएको भए बरु अलिक मनस्थिति बन्दै जान्थ्यो होला । तर अचानक ब्रेकअप भैदिँदा मानिसले मन थाम्न नसकेर गलत बाटो पनि लिन सक्दछ ।

सायद यहीँ परिस्थितिलाई मध्यनजर गर्दै वैज्ञानिकहरुले नयाँ खोज गरेका छन् । उनीहरुले यस्तो तरिका पत्ता लगाएका छन् जसले तपाइँलाई आफ्नो प्रेमी वा प्रेमिकासँग ब्रेकअप हुँदैछ भनेर ३ महिना अगाडि नै थाहा हुनेछ ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरुले ६ हजार ६०३ जना रेडिट प्रयोगकर्ताका १० लाख २७ हजार ५४१ वटा पोस्टहरुको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले रेटिको सबरेडिट पोस्ट r/Breakups मा ती पोस्टहरु गरेका थिए ।

यसको मतलब उनीहरुले आफ्ना पोस्टमा आफुहरुको ब्रेकअप हुन लागेको भनेर लेखेका थिएनन् । तर जब ब्रेकअपको भाव उनीहरुको दिमागमा आएको हुन्थ्यो तब पोस्टको भाषामै बदलाव आएको देखिन्थ्यो ।

प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएको उक्त शोध अनुसार शोधकर्ताहरुले प्रयोगकर्ताहरुका ब्रेकअप भन्दा २ वर्ष अगाडि र २ वर्ष पछाडिसम्मका रेडिट पोस्टहरुको विश्लेषण गरेका थिए । त्यस क्रममा उनीहरुले प्रयोगकर्ताका पोस्टका भाषामा परिवर्तन आएको देखे ।

ब्रेक हुनेवाला प्रयोगकर्ताको रेडिट पोस्टको भाषामा ब्रेकअप भन्दा ३ महिना अगाडिबाट परिवर्तन आउन थालेको उनीहरुले पत्ता लगाए । ब्रेकअप भएको ६ महिना पछिसम्मै त्यस्तो परिवर्तित भाषामा कुनै फरकपना देखिएन ।

भाषामा खासगरी म, हामीजस्ता आफ्नै लागि प्रयोग गर्ने शव्दहरुको मात्रा बढ्ने गरेको पाइएको छ । जुन कुरामा तनाव देखिन्छ, त्यसमै उनीहरुको फोकस देखिन्छ र त्यस्तै खालको भाषाको प्रयोग हुन्छ जसका माध्यमबाट कुनै मतलब निकाल्न सकियोस् । मानिसहरुको विश्लेषणात्मक सोँच कम बन्दै जान्छ । ब्रेकअपको ३ महिना अगाडिबाट मानिस धेरै निजी तथा अनौपचारिक भाषा बोल्न वा पोस्ट गर्न थाल्दछ ।

उदाहरणका लागि : मलाई थाहा छैन कि मैले आफ्नो कहानी बताउँ कि नाइँ । मलाई सहयोग चाहिएको छ किनकि मैले आफैलाई हराएको महसुस गरिरहेको छु । तर मेरो कहानी लामो छ, मलाई यो पनि थाहा छैन कि यसलाई शेयर गर्नु ठीक हो कि होइन ।

वास्तवमा यस्ता खालका पोस्टहरु मानिसहरुमा सामान्य रुपमा देखिँदैनन् जब उनीहरु आफ्नो सामान्य सम्बन्धको बारेमा कसैसँग कुराकानी गरिरहेका हुन्छन् । तर जब सम्बन्धमा उतारचढाव आउँदछ र उनीहरुको मन बदलिन्छ तब यस्तो खालको भाषाको प्रयोग हुन्छ ।

प्रमुख शोधकर्ता साराह सेरोजका अनुसार मानिसहरुलाई आफ्नो ब्रेकअप हुनेवाला छ भनेर पहिले नै थाहा हुन्छ । तर उनीहरु कहिल्यैपनि आफ्नो भाषामा ध्यान दिँदैनन् । उनीहरुको जीवन प्रभावित हुन सुरु भएको हुन्छ ।

हामीले कतिपटक आफ्नो भाषामा prepositions, articles तथा सर्वनामको प्रयोग गरेका छौँ भन्ने कुरामा ध्यान दिदैनौँ । यो अवस्थामा हाम्रो भाषामा यसको प्रयोग बढ्दै जान्छ । यसले ब्रेकअपको चरणमा रहेको मान्छेको मनोवैज्ञानिक स्थिति पत्ता लाग्दछ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here