देश आर्थिक संकटतर्फ उन्मुख : एकीकृत समाजवादी पार्टी

52

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारसँग नोटबन्धीको सुझाव दिएको छ। देश आर्थिक संकटतर्फ उन्मुख भएको भन्दै मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगे प्रधानमन्त्री प्रचण्डलाई भेट गर्दै समाजवादीले यस्तो सुझाव दिएको छ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले २० बुँदे ज्ञापन पत्र बुझाउँदै अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न माग गरेका हुन्।

उक्त पत्रमा भनिएको छ, ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्।’

यस्तै उनले अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान सुरु गर्न पनि सरकारसँग माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here