टेलिकमले ‘एनटी एनिभर्सरी अफर’ ल्यायाे

59

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा ‘एनटी एनिभर्सरी अफर’ ल्याएको छ ।

अफरअन्तर्गत २९४ रुपैयाँमामा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा एक दिनका लागि एक एमबीपीएस डाटा अन नेट १२० मिनेट कल सुविधा ल्याएको हो ।

यस्तै, २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा दुई जीबी बोनस डाटा, दैनिक एक जीबी प्रयोग गर्न सकिने तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दैनिक दुई जीबीका दरले चार दिनसम्म प्रयोग गर्न सकिने अफर दिएको छ ।

यसैगरी, नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबीपीएस डाटा, पाँच लाइन टेलिफोन र एउटा एनटीटीभीसहितको प्याकेज उपलब्ध गराएको छ ।

यो सेवा आजदेखि आउँदो फागुन २९ गतेसम्मका लागि उपलब्ध रहने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here