मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

41

सुनसरी । इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन् । गत माघ २५ गते इटहरी उपमहानगरपालिका-२ का बिक्रम खडकाको उक्त मोटरसाइकल चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरू मोटरसाइकल चोरीमा संलग्न रहेको खुल्न आएपछि बिराटनगर महानगरपालिका-११ बाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here