काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङको शिष्टाचार भेट भएको छ । अध्यक्ष नेपाल र राजदूत चेन सङको बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा भेटवार्ता भएको हो ।
अध्यक्ष नेपाल र राजदूत सङबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ । यस्तै, भेटमा अध्यक्ष नेपालले चिनियाँ राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका दिए । सङले राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको भन्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

















