जनतालाई धोका दिनेलाई देशले चिन्ने

61

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका छन्।

जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका हुन्।

उनले भने,‘जनतालाई धोका दिनेलाई देशले चिन्ने छ। विस्तारै चिनिँदै जाने छ। कहिले कहिले लडाउनेको नियत खराब हुनसक्छ। सपना देखाउनेका सपनाको वितरण भ्रमणपूर्वक हुनसक्छ। तर लड्नेहरूले आफ्नो नभइ अरुको सुन्दर भविष्यका लागि लडेको हुन्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here