डीआईजी बढुवाको तयारी गरिरहँदा बसन्त कुँवरको ठूलो अपेक्षा

119

काठमाडौं । गृह मन्त्रालयले असार पहिलो साता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको तयारी गरिरहँदा बसन्त कुँवरको ठूलो अपेक्षा थिएन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला एसएसपी कुँवर आफूलाई भेट्न आउनहरुसँग शीर्ष तीनमध्ये जुनसुकै वरियता पाएपनि फरक नपर्ने बताउँथे ।

गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा बढुवा गर्दा कुँवर स्वयं आश्चर्यमा परे । हक्की अधिकृतको छवि बनाएका कुँवर पहिलो वरियतामा बढुवा हुँदा भावी आईजीपीका रुपमा बधाई पाउन थालिसकेका थिए । उनी स्वयंले भने सहज मानिरहेका थिएनन् ।

कार्यक्षमताभन्दा राजनीतिज्ञसँग निकटताका आधारमा उच्च अधिकृतका वरियता तोक्ने प्रवृत्ति हाबी रहेका बेला शीर्ष स्थानमा आएपछि उनले त्यसमा पनि संशय व्यक्त गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here