नेमकिपाले नेपालको सम्पत्ति सीमांकन गर्ने कानुन बनाउन प्रस्ताव

59

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नेपालको सम्पत्ति सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने गरी कानुन बनाउने प्रस्ताव गरेको छ ।

‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा संशोधन प्रस्ताव राख्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामा भनिएको छ, ‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ ।’

प्रस्तावनामै नेमकिपाका सांसद सुवालले संशोधन गर्न माग गरेका छन् । ‘नेपालको सम्पत्ति सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरी आर्थिक अनुशासन कायम गर्ने’ सुवालले विधेयकको प्रस्तावनामा राखेको संशोधन प्रस्तावमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here