काठमाडौं । प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् ।
सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारहरुलाई यस्तो सुविधा दिएको हो ।
यसअघि कतिपय प्रदेश सरकारहरुले आफूखुसी बिदाको निर्णय गरेका थिए । तर प्रदेश मातहतकै संघीय कार्यालयहरुले ती बिदा कार्यान्वयन नगर्दा अन्योल भएको थियो । यही समस्या हटाउन सरकारले वार्षिक ६ वटा त्यस्ता बिदामा प्रदेशमा रहेका संघीय सरकारका कार्यालयहरुमा समेत बिदा गर्ने’ घोषणा गरेको हो ।
६ दिनभन्दा बढी हुने बिदाको निर्णय भने संघीय गृह मन्त्रालयले मात्रै गर्न पाउनेछ । काठमाडौं उपत्यकाभित्रको जिल्लाहरुबारे भने गृहमन्त्रालयले निर्णय गर्ने उल्लेख छ ।


















