काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १ हजार ४० वटा क्याम्पसहरू छन् । त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । र त्रिविलाई यतिबेला स्ववियु निर्वाचन लागिरहेको छ । तर, सम्बन्धन प्राप्त कलेजहरूलाई भने स्ववियु निर्वाचन छुन सकेको छैन् । उनीहरूले त्रिविलाई स्ववियु निर्वाचन सम्बन्धीका कुनै पनि गतिविधिहरू पेश गर्न सकेका छैनन् ।
ती बाहेक अन्य कलेजले न संघ, संगठन तथा समूह दर्ताको विवरण पेश गरेका छन् । न त मतदाता विद्यार्थीको संख्या नै पेश गरेका छन् । उपत्यकाभित्र ३०० भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरू छन् । तर, तीमध्ये केहीमा मात्र स्ववियु निर्वाचन हुने देखिएको छ । उपत्यका बाहिर करिब १०० क्याम्पसको हाराहारीमा स्ववियु निर्वाचन हुने देखिएको छ ।
केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनका लागि सम्बन्धन प्राप्त कलेजहरूलाई बारम्बार ताकेता गर्दै आएको बताए । तर, ती कलेजहरूले आवश्यक विवरण केन्द्रमा पेश नगरेको उनको भनाई छ ।

















