नेपाल कमर्स क्याम्पसमा निर्वाचन स्थगित

103

काठमाडौं  । नेपाल कमर्स क्याम्पसमा शनिबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । असहज र असामन्य परिस्थिति सिर्जना भएको भन्दै क्याम्पस प्रशासन, निर्वाचन समिति र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको संयुक्त बैठकले अर्को सुचना नआएसम्मको लागि निर्वाचन स्थगित गरेको हो ।

गत चैत्र ५ गते निर्वाचन हुन नसकेपछि एनसीसीमा  लागि निर्वाचन तोकिएको थियो । शनिबार विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएपनि हिजो बेलुकाबाट निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदानको समय तोकिएर नयाँ कार्यतालिका सार्वजनिक गरिएको थियो ।

‘निर्वाचन सम्बन्धि काम कारवाही अगाडी बढाउने क्रममा असहज र असामान्य परिस्थिति श्रृजना हुन पुगि निर्वाचन सम्बन्धि काम कारवाही अगाडी वढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गर्ने निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको मिति २०७९/१२/११ गतेको संयुक्त बैठकले गरेको निर्णय वमोजिम अर्को सूचना नभए सम्मको लागि यस क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्बन्धि सम्पुर्ण काम कारवाही स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ,’– निर्वाचन अधिकृत र क्याम्पस प्रशासनले जारी गरेको सुचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here