फागुन १ गते जनयुद्ध दिवसका रुपमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग

60

काठमाडौं । ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ।

द्वन्द्वपीडितहरुले फागुन १ गते जनयुद्ध दिवसका रुपमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै दिएको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो।

नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्णय गरेपछि गएको फागुन १ गते जनयुद्ध दिवसको बिदा दिइएको थियो।

मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ’जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

गोरखाका गंगामाया अधिकारी, रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याणी बुढाथोकीलगायतले रिट दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here