भारतमा कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिए

32

नयाँ दिल्ली । भारतमा शनिबार कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो पछिल्लो १८४ दिनको तुलनामा सबैभन्दा बढी हो। योसँगै भारतको राजधानी दिल्लीमा पनि सात महिनापछि एकै दिनमा सबैभन्दा बढी ४१६ नयाँ केस दर्ता भएका छन् । दिल्लीमा संक्रमण दर पनि बढेर १४.३७ प्रतिशत पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा हाल १८ हजार ३८९ सक्रिय कोरोना संक्रमित छन् । योसँगै कोरोनाबाट निको हुने दर ९८.७७ प्रतिशत रहेको छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here