ओमबहाल फल्चाको उमा-महेश्वर न्युयोर्कको ब्रुकलिन म्युजियममा

96

काठमाडौं । करिब ४ दशकअघि काठमाडौं उपत्यकाको एक फल्चाबाट चोरिएको पुरातात्विक महत्त्वको उमा–महेश्वर(शिव–पार्वती) प्रस्तर मूर्ति अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन म्युजियममा फेला परेको छ ।

नेपाल संवत ७०९ लेखिएको (१५८८ इस्वी) मूर्ति ओमबहाल (काठमाडौं वा पाटन)को फल्चाबाट चोरिएको जनाइएको छ । नेपाली सम्पदाको खोजबिन तथा अन्वेषणमा लागिपरेको लस्ट आर्टस् अफ नेपालका अनुसार, यो मुर्ति कुन स्थानको हो भनेर ठ्याक्कै निक्र्यौल गर्न सकिएको छैन ।

यो मूर्तिको पुष्पमान चित्रकारले सन् १९८० मा खिचेको तस्बिरको प्रमाणलाई सम्पदा प्रामाणिकताका लागि तुलना गरिएको छ ।

यस्तै, कला अन्वेषक उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्ज’ पुस्तकमा पनि यो सम्पदाको विवरण उल्लेख छ । यसमा कुँदिएको विवरणमा ‘श्रयोस्तु।। सम्वत ७०९ मार्ग्गशिल।। कृष्ण।। चतुर्थि।। पुष्य नक्षत्र, एइन्द्र योग।। बुधवार।। कून्हू (वं) बाहार, गोपाल भारो स न मंदप दयकं।।’ लेखिएको छ ।यो सम्पदा ब्रकुलिन म्युजियमलाई बेन एन्ड रोजलिन सेप्सको उपहारका रुपमा प्रदान गरिएको जनाइएको छ ।

शिवलिंग पेरिसमा

यस्तै, नेपाल संवत १६०९ लेखिएको अर्को चर्तुमुखी शिवलिंग एक फ्रेन्च कला संग्रहकर्ताको संकलनमा फेला परेको छ । लस्ट आर्टस अफ नेपालका अनुसार, यही (नाम नखुलाइएको) संकलनकर्तासँग रहेका धेरै सम्पदा कला/सम्पदाको बिक्रेता डिलर ‘सद्बीज’को लिलामीमा राखिए पनि शिवलिंग भने राखिएको थियो । यो चर्तुमुखी शिवलिंग मृगस्थली, पशुपति क्षेत्रबाट हराएको मानिएको छ । इ कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here