यसरी बनाउनुहोस् आफ्नो विकिपिडिया पेज

30

काठमाडौं। तपाईंलाई कुनै शब्द, घटना, व्यक्ति वा जुनसुकै विषयको बारेमा होस् जान्ने जिज्ञासा छ भने तपाईं पुस्तक पल्टाउनु हुन्न । सिधै आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा गएर त्यो शब्द टाइप गर्नुहुन्छ । त्यसपछि सबैभन्दा माथि तपाईंले विकिपिडियामा जानकारी देख्नुहुन्छ ।

कहिलेकाहिँ गुगल सर्च इन्जिनभित्र खोज्दा माथि दायाँतिर एउटा बक्स नै देख्नुहुन्छ । त्यहाँ तपाईंले खोजी गरेको विषयको विस्तृत जानकारी र तल विकिपिडिया लेखिएको हुन्छ । धेरैले यसलाई गुगलकै एउटा डेडिकेटेड पेज भनेर पनि बुझ्ने गरेका छन् ।

तर विकिपिडिया गुगलको प्रडक्ट वा पेज होइन । यो त एउटा छुट्टै वेबसाइट हो । विकिमिडिया फाउन्डेसनबाट सञ्चालित छुट्टै गैरनाफामुखी जानकारीमूलक पेज हो यो ।

आज हामी विकिपिडिया पेज बनाउने तरिका सिकाउँदै छौँ:

–  पेज क्रिएट गर्न विकिपिडियाको सर्च बक्समा गएर आफूले बनाउन चाहेको पेजको नाम लेख्नुहोस् ।

–  नाम लेखिसकेपछि त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ तपाईँले ‘क्रियटर अ ड्राफ्ट एन्ड सब्मिट इट रिभ्यु’ मा क्लिक गर्नुहोस् ।

 

–  नयाँ पेजमा तपाईँले ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुभयो भने कसरी एडिट गर्ने भन्ने सिकाउँछ । तर, हामी यहाँ ‘प्राक्टिस इन द कम्प्युनिटी स्यान्डबक्स’मा क्लिक गर्दै छौँ ।

–  त्यसपछि पुनः ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।

–  यति गरेपछि सोस्ट कोडद्वारा एडिट गर्ने वा सामान्य तरिकाले एडिट गर्ने भन्ने दुई ओटा अप्सन देखिन्छ । त्यसमध्ये ‘एडिट पेज भिजुअल्ली’ भन्ने छान्नुहोस् ।

–  त्यसपछि ‘स्टार्ट एडिटिङ’मा क्लिक गर्नुहोस् ।

 

–  त्यहाँ तपाईंले एउटा बक्स देख्न सक्नुहुन्छ, जहाँ तपाईँले आफूले लेख्न चाहेको लेख लेख्न सक्नुहुन्छ ।

 

–  यति गरेपछि अन्तिममा रहेको ‘पब्लिस पेज’मा जानुहोस् ।

–  त्यहाँ क्लिक गरिसकेपछि पेज पब्लिस हुन्छ । तर, तत्कालै भने उक्त पेज लाइभ हुँदैन । त्यसका लागि विकिपिडियाका भोल्युन्टरले एप्रुभ गर्नुपर्छ । यसरी तपाईँ विकिपिडियामा आफ्नो पेज खोल्न सक्नुहुन्छ । तिचपाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here