फोहोर उठाउन आदेशको माग गर्दै अदालतमा रिट

22

काठमाडौं । सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको भन्दै १ हप्तादेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फाेहर उठाएका छैनन्।

त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

उनले आफ्नो क्षेत्रभित्र फोहर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्। श्रेष्ठले, ‘नेपालको संविधानको धारा ३०, ४ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४ तथा वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम आफ्नो दायित्व पूरा गर्न माग गर्दै रिट दिएको हुँ।’ उनले जनाएका छन् ।

रिटको पहिलो पेशी भाेलि मंगलरबारका लागि तोकिएको छ।

यस्तो छ रिट निवेदन:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here