रास्वपाका सभापति रवि लामिछानेले ४३ हजार मत कटाए

20

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा जारी मतगणनामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४३ हजार मत कटाएका छन् ।

मतपरिणामअनुसार उनले ६० हजार मतगणना हुँदा उनले ४३ हजार १०१ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन् । लामिछाने र श्रेष्ठबीचको मतान्तर ३५ हजार १४९ रहेको छ ।

तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् । चितवन–२ मा यसपटक पनि रविको जित पक्का भएको छ ।

आइतबार भएको निर्वाचनमा ७८ हजार ३७७ मत खसेकोमा अब साढे १८ हजार मात्र गन्न बाँकी छ ।

अहिलेको अवस्थामा लामिछाने गन्नभन्दा बढी मतले अग्रस्थानमा छन् । गत ४ मंसिरको निर्वाचनमा रवि ४९ हजार २६२ मतका साथ निर्वाचित भएका थिए ।

दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र तेस्रो स्थानमा हासिल गरेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here