मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखे

31

काठमाडौँ । आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौँको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् ।

तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजी पीडितले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए । उनले यी सबै कुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए ।

अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको बताए । उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here