काठमाडौं । तीन बीमा कम्पनी गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । हिमालयन लाइफ गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ गाभिएर बनेको हो ।
हिमालयन लाइफको मुख्य र्काालयय साविकको प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने समेत कम्पनीले नेप्सेलाई जानकारी दिएको छ । आज बिहान बीमा प्राधिकरणका हिमालयन लाइफका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले सपथ लिएका थिए । यससँगै, तीन कम्पनी गाभिएर बनेको हिमालयनले आजैदेखि एकीकृत कारोबार सुरु गरेको हो । मर्जरपछि हिमालयन लाइफको ७ अर्ब ७० करोड चुक्ता पूँजी कायम भएको छ ।


















