काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिएर खोलामा खस्दा १० जना घाइते भएका हुन्।
बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुँवरका अनुसार बस मोटरसाइकलाई ठक्कर दिएर खोलामा खसेको हो।मोटरसाइकल चालकसमेत गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।मोटरसाइकल चालकको परिचय खुलेको छैन।
स्थानीय दिलकृष्ण महर्जनले मोटरसाइकल चालकको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो।अन्यलाई सामान्य चोटपटक लागेको छ।गाडी शेषमती खोलामा झरेसँगै मोटरसाइकल चालक पनि खोलामै खसेका थिए।बसले मोटरसाइकललाई ठक्कर दिएको भन्दै अहिले दुर्घटना क्षेत्रमा तनाव उत्पन्न भएको छ।


















