देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने

44

काठमाडौं । मौसम मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने जनाएको छ। महाशाखाले विशेषगरी तराई–मधेशमा जेठ २८ सम्म तातो हावा तथा ‘लू’को सम्भावना रहने बताएको छ।

मौसमविद् गोविन्द झाका अनुसार बिहीबार पूर्वको विराटनगरदेखि पश्चिम नेपालगञ्जसम्मको तापक्रम ४२ डिग्री सेल्यिससम्म पुग्ने सम्भावना छ। यसअघि हिजो सबैभन्दा बढी जनकपुरको तापक्रम ४२.२ डिग्री सेल्सियससम्म मापन भएको थियो ।

यस्तै नेपालगञ्जमा ४१.६ डिग्री सेल्सियस र भैरहवामा ४१.८ डिग्री सेल्सियस मापन भएको थियो । यस्तै काठमाडौंको उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान रहेको छ।

बिहीबार पहाडी भूभागका थोरै एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here