डढेलोले उत्तर अमेरिकामा दशौँ लाख मानिस प्रभावित

28

काठमाडौं ।  उत्तर अमेरिकाका दशौँ लाख मानिस वायु प्रदषणको शिकार भएपछि उनीहरुलाई एन–नाइन्टी फाइभ मास्क लगाउन आह्वान गरिएको छ।

न्युयोर्कमा हिजोदेखि निःशुल्क मास्क वितरणसमेत सुरु गरिसकेको बीबीसीले जनाएको छ। जो–कोहीले पनि गुणस्तरीय मास्क लगाएर मात्र बाहिर निस्किन स्थानीय सरकारले आग्रह गरेको छ। पछिल्लो हप्ता क्यानडाका जंगलमा फैलिएको डढेलोबाट निस्किएको धुँवाले लाखौँ मानिसमा श्वासप्रश्वासमा समस्या देखिएपछि मास्क लगाउन आह्वान गरिएको हो।

अधिकारीहरुका अनुसार न्यूयोर्कमा झण्डै १५ हजार मानिस विस्थापित भइसकेका छन्। क्यानडाका जंगलमा केही दिनदेखि लागेको डढेलोले अहिलेसम्म ३८ लाख हेक्टर वन सखाप भएको छ। डढेलो निभाउन अमेरिकाले ६ सयभन्दा बढी अग्निनियन्त्रक क्यानडा पठाइएको छ। डढेलोले क्यानडामा १ लाख २० हजार मानिस विस्थापित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here