जनमत पार्टी डा. सिके राउतकै नेतृत्वमा सरकारमा सहभागी हुने

129

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने स्पष्ट पारेका छ्न । तर, त्यसको लागि सहरी विकास मन्त्रालय पाउनुपर्ने उनको शर्त छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष राउतले आफूहरुले लामो समयदेखि उद्योग वा कृषि मन्त्रालय मागेपनि नपाएको भन्दै अब ती मन्त्रालय पाएपनि नजाने स्पष्ट पारे । बरु, विकास निर्माणसम्बन्धी मन्त्रालय पाए सरकारमा सहभागी हुने उनको भनाई छ ।

उनले भने,‘सहरी विकास मन्त्रालय पायौं भने हामी सरकारमा जान्छौं । म आँफै सरकारमा सहभागी हुन्छु ।’ उनले आफू सरकारमा सहभागी हुँदा उपप्रधानमन्त्री पनि दिईनुपर्ने शर्त राखेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् । उनले जनमतलाई नै सरकारमा सहभागी गराउनको लागि मन्त्रिपरिषद हेरफेरको गृहकार्य थालेका छन् ।

यसरी जनमतलाई सरकारमा भित्र्याउँदा प्रधानमन्त्री दाहालले आफ्नै पार्टीमा सरकारमा सहभागी एक मन्त्रीलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्ने चर्चा छ । त्यसको लागि उनले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउने तयारी गरेको पनि समाचार बाहिरिएका छन् ।

तर, गठबन्धनका शीर्ष नेताहरुको छलफलमा नेपाली कांग्रेसले पनि एक मन्त्रालय त्याग गर्न सक्नेबारे छलफल अघि बढेको छ । राउतले सहरी विकास मन्त्रालयको लागि अडान लिए भने अहिलेकी सहरी विकास मन्त्री सिता गुरुङ त्याग गर्न तयार हुनेछिन् । यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संकेत गरेको बुझिएको छ । File Photo/ReportersNepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here