बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु

40

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–१ जगन्नाथका ३१ वर्षीय यमराज बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्।

उनकाअनुसार मंगलबार साँझ साढे ६ बजे हावाहुरी र वर्षासँगै चट्याङ पर्दा बिष्टको ज्यान गएको प्रहरी नायब उपरीक्षक बोहराले जनाए। प्रहरीका अनुसार मृतक बिष्ट दिउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका थिए।

घटनास्थल तर्फ प्रहरीको टोली राति नै गईसकेको घटनास्थल पुगेर मुचुल्का गर्ने काम भइरहेको प्रहरी प्रमुख बोहराले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here