काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।
मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको स्रोतले जानकारी दिएको छ।
अहिले उनलाई पेसमेकर राखिएको छ।
उनलाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। मुटुको चालमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।

















