एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएकाले आजका सबै उडान स्थगित गरिएको बताएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ।
शनिवार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।


















