काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा एक सय रुपैंयाले घटेको हो । आज छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भएको महांघले जनाएको छ ।
महासंघका अनुसार सोमबार नेपाली बजारमा तेजावी सुन प्रतितोला एक लाख ९ हजार पँच सय रुपैंयामा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन आज चाँदी आइतबार जस्तै तोलामा १ हजार ३ सय ७५ रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।











![शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]](http://swaviman.com/wp-content/uploads/2021/07/1625391127_Rupa-Sunar-Supreme-Court-218x150.jpg)






