भारतको नौगढ बाट २ किशोरी उद्धार

67

कृष्णनगर । आफन्त नेपाल KIN NEPAL नामक सस्थाले भारतको नौगढ बाट २ नेपाली किशोरीको उद्घार गरि नेपाल ल्याएको छ, उद्धार गरिएका २ किशोरी बुद्धभुमी न.पा कपिलवस्तुका रहेका छन, उद्धार गरिएका किशोरीहरु आसा र रिमा नाम परिबर्तन बर्ष १६ र १७ का रहेका छन । भारतमा भाउजु नाता पर्नेले जागिर लगाई दिने भनेर बोलाएपछि उनिहरु घरमा कसैलाई जानकारी नदिई भारत जादै गर्दा अलपत्र अबस्थामा उद्घार गरि संरक्षणमा लिएको बाल न्यायलय का प्रमुख बिरेन्द्र ले जानकारी दिए ।

उद्घार गरिएका किशोरीहरुलाई तत्काल आफन्त नेपाल सङ्ग समन्वय गरि नेपाल फर्काउने प्रक्रिया अगाडी बढाइएको थियो । परिबर्तित नाम आसा र रीमाको अभिभावकलाई सम्पर्क गर्दा भारतमा पुगेको भने पस्चात आफुहरु अचम्ममा परेको बताए ।

भारतमा रहेको बाल न्यायलयमा सम्पुर्ण प्रक्रिया पुरा गरि स्वदेश फिर्ता गरि अभिबावकको जिम्मा लगाईएको आफन्त नेपालले जनाएको छ । आफन्त नेपालले सीमा निगरानीसंगै  भारतका विभिन्न ठाउहरु बाट उद्धार भएकाहरुलाई स्वदेश फिर्ता गर्ने काम गर्दै आएको छ त्यो लगत्तै आफन्त नेपालले जोखिममा परेका बिभिन्न महिला तथा किशोरीहरुलाई सीप तथा शिक्षामा सहायता गरि निजहरूको जीबन रुपान्तरणलाई मुख्य लक्ष्य बनाएर अगाडी बढिरहेको छ, जसको फलस्वरूप धेरै महिला तथा किशोरीहरु रोजगार तथा आत्मा निर्भर र्हुदै गएका छन, केहि बर्ष अगाडी कपिलवस्तु शिवराज न.पा बस्ने कक्षा ९ मा पढ्ने एक किशोरी छिमेकी बाट हिसा भैई मानसिक रुपमा बिछिप्त भएकी किशोरी हाल सस्थाकै उच्च शिक्षा हासिल गरिरहेकि छन यो त एक उदाहरण मात्र हो जहा सयौं चेलीहरुको जीबन रुपान्तरण भैरहेको छ जसमा सस्थाले जिबन रुपान्तरण र आत्म निर्भरले नै हिसा न्यूनीकरणमा ठुलो टेवा पुग्ने सोचका साथ निरन्तर अगाडी बढीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here