—लोकनारायण सुबेदी
अमेरिकाको नेतृत्वमा रहेको सैनिक संगठन – नाटो –को शिखर सम्मेलमा तेश्रो बिश्व युद्धको कथा लेखिने हो अथवा यूरोपलाई परमाणु युद्धको अपूर्ब बिभिषिकाबाट बचाउनका लागि कुनै बुद्धिमत्तापूर्ण पहल गरिऐला ? यो गम्भीर यक्ष प्रश्न यतिबेला बिश्वका अगाडि खडा भइरहेको छ । यी दुइटै प्रश्न आज बिश्वका अगाडि ज्वलन्तरुपमा खडा भएका छन् । रुसका सहयोगी देश बेलारुसको सीमानासँग जोडिएको या केही दूरीमा रहेको लिथुआनियाको राजधानी भिल्नियसमा ११–१२ जुलाईका दिन नाटोको यो शीखर बार्ताको आयोजना हुँदैछ । यसमा नाटोसँग सम्बन्धित ३१ देशहरुका अतिरिक्त एशियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा न्यूजिल्याण्डलाई पनि आमन्त्रण गरिएको छ ।
एशिया र इण्डो–प्याशिफिकमा आवद्ध यी चारवटा एशियाली देशहरु पनि शिखर बार्तामा सामेल हुुनुले एशियाका अन्य देश र खाशगरी भारतीय बिदेश नीतिका लागि पनि एउटा बिचारणीय मुद्दा हुन पुगेको बिशेष उल्लेख गरिदैछ । जापान र अष्ट्रेलिया ‘क्वाड’मा शामेल भइसकेका भारतका सहयोगी देशहरु हुन् । ती देशहरु नाटो शिखर बार्तामा शामेल हुनुले त्यो एशियामा तनाब खडा गर्ने एउटा नयाँ कारण बन्न सक्तछ । वास्तबमा नाटोले जापानमा आफ्नो सम्पर्क कार्यालय खोल्ने कुराको पहल गरिसकेको छ । जुन कुरा फ्रान्सको आपत्तिका कारण अहिलेलाई ब्यवहारमा उत्रिन सकेको भने छैन ।
यो शीखर बार्ताभन्दा ठीक पहिला लिथुआनियाले आफ्नो इण्डो–प्यासिफिक नीतिको खुलाश गरिसकेको छ । २५ लाख जनसंख्या भएको र इण्डो–प्यासिफिकबाट हजारौं किलोमिटर टाढा रहेको यस बाल्टिक देशको यस घोषणाको बिश्वभरी नै एउटा उपहास जस्तै कुरा भइरहेको ज्ञाताहरु औंल्याउँदछन् ।
हुन पनि यो प्रस्ताबित नाटो शिखर बार्ताको ठीक पहिला लिथुआनियाले आफ्नो इण्डो–प्याशिफिक नीतिको खुलाशा गरेको थियो । पच्चिस लाख जनसंख्या भएको र इण्डो–प्याशिफिकबाट हजारौं किलोमिटर टाढा रहेको बाल्टिक देशको यस घोषणाको बिश्वभरी नै उपहास जस्तै भएको छ । तर दृष्टि दिनुपर्ने कुरा के छ भने जहाँ एकातिर जापान स्वयंलाई यूक्रेन संघर्षसँग जोड्ने कोशिश गरिरहेको छ, त्यही लिथुआनिया जस्तो सानो देश इण्डो–प्याशिफिकमा दख्खल दिने जस्तो दुस्साहस गरिरहेको छ । यो नाटो शीखर सम्मेलनको आयोजना स्थल भेन्लियसलाई एउटा अभेद्य किल्ला जस्तो बनाइएको बताइएको छ । त्यहाँ नाटो देशहरुका बायु सेनाका युद्धक बिमानहरु र वायु प्रतिरक्षा प्रणालीको माध्यमले सुरक्षा कवज प्रदान गरिएको पनि उल्लेख गरिएको छ । शिखर बार्ताको प्रमुख एजेण्डा वास्तवमा रुसका बिरुद्ध युक्रेनलाई सैन्यरुपले अझ सक्षम बनाउनु रहेको बताइन्छ । यूक्रेनका राष्ट्रपति बोलोदिमिर जेलेन्स्कीले पनि यो दुइ दिने शीखर बार्तामा भाग लिदैछन् तर कुन कुराको सम्भावना नरहेको बताइदैछ भने उनको देशलाई नाटोमा सामेल भने अहिले गरिने छैन । के चाँही अबश्य हुने बताइदैछ भने इजरायललाई जस्तै यूक्रेनलाई पनि सुरक्षा सुनिश्चिता(ग्यारेण्टी)को भने एउटा महत्वपूर्ण निर्णय यो नाटो शीखर सम्मेलनमा हुनसक्ने सम्भावना छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यो शीखर बार्ताका लागि प्रस्थान गर्नु अघि यूक्रेनलाई क्लष्टर बम (स–साना बमहरुको झुण्ड) उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस बमलाई बिश्वका अधिकांश देशहरुले भने प्रतिबन्ध लगाइसकेका छन् । त्यसको कारण के छ भने त्यो बम नपड्कीकन त्यो स–साना बमहरुको गुच्छा दशकौंंसम्म कुनै पनि क्षेत्र या इलाकामा रहिरहन या फैलिरहन सक्तछ । जसले गर्दा आम जन साधारणको जनधनमाथि एउटा भयावह खतरा रहिरहने गर्दछ । रुसका बिरुद्ध यूक्रेनको जबाफी हमलामा कुनै सफलता मिल्न नसकेपछि नाटोमा संलग्न देशहरुमा निकै हताशा छाएको बताइन्छ । यद्यपि अझै पनि नाटो आबद्ध देशहरु भने यूक्रेनको सैन्य अभियानलाई कुनै पनि हालतमा सफल भएको देख्न चाहन्छन् । उनीहरुलाई यस कुराको चिन्ता छैन कि यूक्रेनले कत्तिका घातक हतियारहरुको प्रयोग गर्दछ र त्यसको प्रतिरोधमा रुसले पनि अझ घातक हतियारको सहारा लिने या उपयोग गर्नेछ नै । जति बेला नाटो देशहरुका नेता त्यो शीखर बार्तामा भाग लिन गइरहेका छन् त्यसैबेला रुसले भने आफ्नो पूर्ब घोषित निर्णय अनुसार बेलारुसमा परमाणु हतियारहरु–सीमित क्षमताभएका ट्याक्टिकल परमाणु बमहरुको तैनाथी गर्दैछ । नाटो देशका नेताहरु परमाणु बमको खतरालाई वेवास्ता गरेर यूक्रेन युद्धको आगोमा घ्यू थप्न आतुर रहेको देखिन्छ ।
यस्तो अबस्थामा भारतले एशियामा नाटोको बिस्तारका सम्वन्धमा कस्तो प्रबृत्ति देखाउला त्यसको क्षेत्रीय तथा बिश्व स्तरमा पनि निकै ठूलो असर पर्नेछ । बास्तवमा अमेरिकाले भारतलाई नाटोको सहयोगी देशकारुपमा शामिल हुन किनै दबाबपूर्ण प्रस्ताव अघि सारेको थियो भनिन्छ त्यसलाई भारतले बाहिरीरुपमा खारेज गरिदिएको छ । अनि के पनि भनिदै छ भने भारत यो चाँहदैन कि ‘क्वाड’मा संलग्न र त्यसका सहयोगी देशहरु जापान र अष्ट्रलिया पनि नाटो प्रसारको माध्यम बनुन् । त्यसैले अहिले के पनि प्रश्न उठिरहेको छ भने के अब भारतले आफ्नो ‘क्वाड’मा संलग्नतालाई पुनर्समीक्षा गर्ला त ?
भारतको तटस्थ र स्वतन्त्र भनिएको बिदेश नीतिको अर्थ यही हुन्छ कि उनसले एशियामा यूक्रेनको जस्तो परिस्थिति पैदा हुन नदेओस् । यसका लागि जापान र अष्ट्रेलियाका नेताहरुलाई सुझाव पनि दिन सक्तछ । भारतका लागि वास्तवमा चिन्ताको एउटा नयाँ मुद्दा इण्डो–प्याशिफिक क्षेत्रमा रुसका नौसनाहरुको सक्रियता पनि रहेको छ । ‘क्वाड’ देशहरुका नौसेनाकाके संयुक्त अभ्यासका क्रममा रुसी युद्ध–पोतहरु एक अर्काको आमुन्ने–सामुन्ने हुन पनि सक्तछन् । शायद भारत अहिले नै यस्तो चाहँदैन । त्यसैले नाटो शीखर सम्मेलनको कालो छायाँ आगमी ब्रिक्स शिखर सम्मेलन जुन अगष्टमा हुने प्रस्ताबित छ, त्यसमा र जी–२० शीखर बार्तामाथि पनि पर्न सक्तछ ।

















