नेवाः देय् दबू महालक्ष्मी नगरको अधिवेशन सम्पन्न

116

नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू महालक्ष्मी नगर समितिको पहिलो अधिवेशन शनिवार साउन २७ गते सम्पन्न भएको छ । ललितपुर जिल्लाको ऐतिहासिक नेवाः वस्ती थसीमा सो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले सर्व सहमतीमा नेतृत्व समेत चयन गरेको छ । महालक्ष्मी नगर समितिको नयाँ कार्य समितिका अध्यक्षमा विजय कुमार महर्जन, बरिष्ठ उपाध्यषमा तुल्सी महर्जन, उपाध्यक्षहरुमा दायना ताम्रकार श्रेष्ठ, विनोद महर्जन, सचिवमा ज्ञानी महर्जन, नरेश महर्जन, कोषध्यक्षमा सजना सिं डंगोल र सदस्यहरुमा कृष्ण कुमारी महर्जन, उर्मिला महर्जन, निरणदेवी मूस्याजु, सिद्धि महर्जन, भुवन महर्जन, कृष्ण महर्जन र मुकुल श्रेष्ठ रहेका छन्।

१४ सदस्यीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सर्व सहमतीमा चयन भएको अध्यक्ष विजय कुमार महर्जनले बताउनु भएको छ । अधिवेशनको उदघाटन समारोह नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापितको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, स्वनिगः विशेष प्रदेशका बरिष्ठ उपाध्यक्ष नविन थेच्वमि लगायत विभिन्न पालिकाका प्रतिनिधिहरुले समेत शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here