विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी सहयोगी

14

जुम्ला । नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सशस्त्र प्रहरी ३३ नं. त्रिपुरागण जुम्लाको नवौँ स्थापना दिवसको अवसरमा गणपति चेतराज जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । सो दिवसमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सशस्त्र प्रहरीले राष्ट्रका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले शान्ति सुरक्षा, विपत् व्यवस्थापनमा सशस्त्र प्रहरीले जुम्लामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै दुर्गम क्षेत्रमा अझ सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रजिअ घिमिरेले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नागरिकको शान्ति सुरक्षासँगै दुर्गममा आपत् विपत् आइपरे सशस्त्र प्रहरीको आवश्यकता रहने गरेको बताउनुभयो । उहाँले २०७९ साल असोजमा आएको बाढीपहिरोमा उद्धारमा सशस्त्र प्रहरीको पनि महत्वपूर्ण भूमिका रहेको जनाउनुभयो ।

नेपालमा २०५७ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल विभिन्न बाधा अवरोधका बिच यहाँसम्म आइपुगेको सहभागीले बताएका हुन् । २०७५ साल भदौ ३१ गते ३३ नं. सशस्त्र प्रहरी बल त्रिपुराको जुम्लामा स्थापना भएको हो । सो गणले कालीकोट र दैलेखको अप्परकर्णाली बेस क्याम्पमा समेत काम गरिरहेको जानकारी त्यस अवसरमा दिएको हो । सो अवसरमा उत्कृष्ट काम गर्ने, विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सशस्त्र प्रहरीका कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here