यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक

56

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक गरेको छ ।

भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ मा प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक रविन्द्र शिलाकारले सोमबार अन्तिम टोली घोषणा गरेका हुन् ।

प्रतियोगिता दुई समूहमा विभाजन गरि हुनेछ ।

समुह एमा नेपाल, भारत र बंगलादेश रहेका छन् भने समुह बीमा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

नेपाली यू-१६ टिम गोलकिपरः विशेष बाँनिया, पेम्बा नोर्बु भोटे, भक्तबहादुर परियार डिफेन्डरः एकराज विश्वकर्मा, किशान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनुवार, सरन वि.क. मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु फरवार्ड: सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझि, दर्शन अधिकारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here