शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले गरेको सम्झौता धाेका : अनेरास्वियु

51

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठनले अनेरास्वियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौता धाेका भएकाे भन्दै विरोध गरेको छ।

अनेरास्वियुले बालुवाटारमा सम्झौता पत्र जलाएर विरोध गरेको हाे।

बुधबार त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क तत्कालका लागि फिर्ता लिएको थियाे। विद्यार्थी प्रतिनिधिसहितको समितिले सात दिनभित्र दिने रायका आधारमा बढाइने शुल्क लागू गर्न सबै पक्ष सहमत हुने सहमति पनि विद्यार्थी तथा त्रिविका अधिकारीहरूबीच भएकाे थियाे। संयुक्त विद्यार्थी संगठनले गरेको सम्झाैता धोका भएकाे अनेरास्वियुको भनाइ छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here