बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

27

काठमाडौं । डोल्पामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका–१, बगरस्थित घरमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here