काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंकाे भृकुटी मण्डप, प्रदर्शनी मागमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ ।
राष्ट्रघाती एमसीसीकाे खारेजी गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो ।



















