ट्रक तथा बस कम्पनी आइसरको ग्राहक भेला सम्पन्न

41
सहभागीहरूलाई गाडीको शक्तिशाली इन्जिन, माइलेजर सुरक्षा सुविधालगायत प्रभावकारी फिचरहरूबारे जानकारी गराइएको थियो। ‘नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट खुसी छौँ। सहभागीको उत्साहले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ,’ आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुरकुमार गाहले भने।

 

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडीबाट तुलात्मक रूपमा पाँचदेखि ८ प्रतिशत अतिरिक्त माइलेज पाइने उनले बताए। साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको उनले जानकारी दिए। उक्त गाडीले उकालोमा १०.३ टन भार बहन गर्न सक्ने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here