धरान खानेपानी बोर्डको बिल ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने

57

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ बाट सजिलै धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ ।

धरानवासीले खानेपानीको बिल डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधा ‘आईएमई पे’ ले यही भदाैदेखि सञ्चालनमा ल्याएको हो । ‘आईएमई पे’ को किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने अफरमार्फत ‘आईएमई पे’ का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड  ‘WATER’ प्रयोग गरी एक सय रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

याे सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई ‘डिजिटलाइजेशन’ मा जान सहायता पुर्‍याउने ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताएका छन् ।

‘आईएमई पे’ ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट ‘क्यास-लेस सोसाइटी’ निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here