भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने

13

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने बताएका छन् ।

आइतबार त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको १७औँ ‘सिपिडिएस डे’ को अवसरमा ‘शान्ति स्थापनामा तल्लो तह’ नामक विषयमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् ।

त्यस्तै अहिले राजनीतिक दलहरुप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्थामा सरकारले काम गर्न नसकेको टिप्पणी गरे । साथै सरकारले समयमा नै ती द्वन्द्व नियन्त्रणका लागि कदम चाल्न समेत आग्रह गरे ।

‘अहिले सम्पूर्ण राजनीतिक दलहरुप्रति एकपछि अर्को वितृष्णा पैदा भइरहेको छ । हामी सुशासनको कुरा गछौँ । भ्रष्टाचारविहिन समाजमा मात्र सुशासन सम्भव छ । जहाँ भ्रष्टाचारले व्यप्त समाजमा सुशासन कायम हुुन सक्दैन । अहिले चारैतिर भ्रष्टाचार र सामाजिक द्धन्द समाजमा फैलाउन खोजिन थालेको छ ।’ उनले भने, सरकार के हेरेर बसेको छ ।’

त्यस्तै अहिले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको बताए । बन्दुक पड्काउनुु मात्र द्धन्द नरहेको बताउँदै शान्तिका लागि समाज क्रियाशील र उत्पादनशील हुनुपर्नेमा जोड दिए ।

‘हाम्रो समाज बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको छ ।’ उनले भने, ‘ बन्दुक पड्किनु मात्र द्धन्द्ध होइन । शान्ति भन्नाले सन्नाटा शान्ति होइन । शान्ति जीवन्त हुनुुपर्छ र त्यो क्रियाशील र उत्पादनशील हुनुपर्छ ।’

कुनै पनि देशका नागरिक अनुशासित हुनका लागि त्यो देशमा सुशासन हुन जरुरी रहेको बताए । अहिले नेपाली समाज अनुसशासनहिनताको चरम बाटोमा गएको बताए । मान्छेले मान्छेलाई खुकुरी प्रहार गर्ने अवस्था आइसकेको बताउँदै त्यसलाई निर्मुल पार्न सरकार लाग्नुपर्ने बताए ।

‘जुन देशमा जनतालाई अनुशासनको निम्ति जबसम्म त्यो देशमा सुशासन हुँदैन त्यो दिनसम्म जनतामा अनुशासनमा हुँदैन । हामी अनुशासनहिनताको चरम बाटोमा छौँ अहिले ।’ नेता केसीले भने ।

लोकतानित्रक प्रणालीमा व्यक्ति हाबी हुँदा समाज प्रणालीको भन्दा पनि व्यक्तिको पछि लाग्न थालेको बताउँदै सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको बताए । त्यसैको कारण समाज अराजकतातिर जान लागेको बताए ।

‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४–५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदैछौँ । यो अराजकता तिर त जान लागेका हैनौँ ।’ उनले भने ।

त्यस्तै त्रिविको द्धन्द, शान्ति र विकास अध्ययन विभागले समय सान्दर्भिक बहस राखेको बताउँदै आगामी दिनमा यस्तै बहस तल्लो तहसम्म लैजानुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here