“एउटा शिक्षकको छोरालाई सन्देश”… भिडियाे सहित

51
दिपक राेकाया, बझाङ्ग
ए छोरा शिक्षक त बन्दै नबन
बाउको अर्ति हो कान खोलेर सुन
ए छोरा शिक्षक त बन्दै नबन
अर्ति गाली हुन्छ,शिक्षक गुलामी अरु माली हुन्छ
नेता ,ब्यापारी,भ्रष्टचारी बने हालिमुहाली हुन्छ।
ऐ छोरा शिक्षक त बन्दै नबन
छोटे राजाको औठा छाप,तिम्रो डिग्रीमा करकाप
विकास,सुशासन,शिक्षामा दलाल जय सरकार।
ए छोरा शिक्षक त बन्दै नबन
बरु गएर भिक्षा माग,युरोप,अमेरिका बस
आफ्नै दुनु सोझ्याऊ सके देशै छोडी मुग्लान पस।
ए छोरा शिक्षक त बन्दै नबन
बाउ शिक्षक बने के गरे?अरु सबै बेसी झरे
अपजसको भरिया,म जस्तै बनेर ज्यूदै नमरे।
ए छोरा शिक्षक त बन्दै नबन
बेग्लै भविष्य खोज,झुटको खेति राजनीति रोज
आफै जलेर अरुलाई,उज्याले दिने उपाय नखोज।
ए छोरा शिक्षक त बन्दै नबन
बाउको अर्ति हो कान खोलेर सुन
ए छोरा:::::::::::::::::::!!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here