काठमाडौं । यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ। निर्धारित समय १-१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा नेपाललाई ३-२ गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
पेनाल्टी सुटआउटमा पुग्नु अघि नेपाल र भारतले निर्धारित ९० मिनेट १-१ गोलको बराबरी खेलेका थिए। यसअघि पाकिस्तान र भुटानबिचको खेल पनि पेनाल्टी सुटआउटबाटै फाइनल पुग्ने टिमको तय भएको थियो। पाकिस्तानले ६-५ ले खेल आफ्नो पक्षमा पार्दै पहिलो पटक फाइनलमा स्थान बनायो।
दोस्रो सेमिफाइनल अन्तर्गत बुधबार भएको खेलमा पहिलो हाफमा घरेलु दर्शकमाझ भारतले अग्रता बनाएको थियो। दशरथ रंगशालामा जारी खेलमा भारतका साहिल खुर्सिदले गोलबाट भारतले अग्रता बनायो। २६ औं मिनेटमा मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई सिक्स यार्डमा रहेका खुर्सिदले सहज फिनिस गर्दै भारतलाई अग्रता दिलाए।


















