बच्चालाई चकलेट कति हानिकारक ?

106

के तपाईं आफ्ना बालबालिकालाई प्रायः चकलेट दिने गर्नुभएको छ ? यदि यस्तो हो भने होसियार हुनुहोस् । यसले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको छ । बेलायतमा साना बालबालिका खानपानको माध्यमबाट लिने चिनीको मात्रा मध्य आधाभन्दा बढी स्वास्थ्यका लागि हानिकारक मानिने स्न्याक र पेय पदार्थमार्फत उनीहरुको शरीरमा जान्छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार प्राइमरी स्कुलका छात्र औसतमा कम्तिमा एउटा न एउटा मिटो खानेकुरा खान्छन् । यसको अर्थ बालबालिका आवश्यकताभन्दा तीन गुणा बढी चिनीको मात्रा सेवन गर्छन् । पीएचइले एक अभियानको शुरुवात गरेको छ । यसको उद्देश्य बालबालिकाका अभिभावकलाई यस्ता स्न्याक्सका बारेमा जानकारी दिनु रहेको छ । जसमा एक सयभन्दा बढी क्यालोरी नहोस् र एक दिनमा बालबालिका यसलाई दुई पटकभन्दा बढी सेवन नगरुन् । आठ हप्तासम्म चल्ने चेन्ज फर लाईफ नामको अभियानमा फ्रि भौचर वितरण गरिने छ जसको माध्यमबाट सुपरमार्केटमा माल्ट लाफ, कम चिनी भएको दही र शुगर फ्रि पेयपदार्थ छुटमा प्राप्त गर्न सकिने छ ।

 

पप्एचइको नेशनल डाइट एण्ड न्यूट्रेसन सर्वेमा ४ देखि १० वर्षका बालबालिका स्वास्थ्यका लागि हानिकारक स्न्याक्स खाँदा करिब ५१.२ प्रतिशत चिनीको मात्र खाने गर्छन् । यसमा बिस्कुट, केक, पेस्टी, बन्स, मिठाइ र जुस र अन्य पेय पदार्थ रहेका छन् । तथ्यांक अनुसार हरेक वर्ष एक जना बच्चाले औसतमा ४०० बिस्कुट, १२० केक, बन र पेस्टी तथा १०० मिठाइ, ७० चकलेट, आइसक्रिम र जुस लगायतका वस्तु खाने गर्छन् ।

 

दाँत खराब हुने तथा मोटोपनको एउटा कारण अत्यधिक सुगरको मात्रा सेवन गर्नु पनि देखिएको छ । पीएचईले आफ्नो एपमा सुधार गरेको जनाएको छ । जसको माध्यमबाट चिनी, नुन, बोसो आदिको मात्र पत्ता लगाउन सकिन्छ । पीएचइले यसको माध्यमबाट बालबालिकाको खानपानमा अविभावकलाई सचेत र सशक्त बनाउने विश्वास लिएको छ । बेलायतले चिनीमा ट्याक्सको घोषणा गरिसकेको छ । आगामी अप्रेलदेखि यो लागू हुने बेलायतले जनाएको छ ।

अबेर सुत्नेमा छिटो मृत्युको खतरा
एजेन्सी / अबेर सुत्ने मानिसहरुमा गरिएको एक अध्ययनले त्यस्ता मानिसहरुमा मृत्युको जोखिम बढी भएको देखाएको छ । राति प्रायः अबेर सुत्ने मानिसको स्वास्थ्यमा गरिएको एक अध्ययनले निराशाजनक तथ्य सार्वजनिक गरेको छ । यसका अतिरिक्त अबेरसम्म नसुत्ने मानिसमा मनोबैज्ञानिक समस्या तथा श्वास प्रश्वासमा समेत समस्या हुने गरेको पाइएको छ ।

 

म्यूनिखको लुडविग म्याक्समिलन विश्वविद्यालयमा क्रोनोबायोलोलीका प्राध्यापक टिल रोएनवर्गका अनुसार बिहान ढिला उठ्ने मानिसको स्वाथ्यमा बढी जोखिम हुने गर्छ । स्लीप एण्ड सर्केडियन न्यूरोसाइन्स इन्सिच्यूट र नफील्ड ल्याब्रोटरी अफ आप्थलमोलोजीका प्रमुख रसेल फोस्टरका अनुसार यदि बिहान छिट्टै उठ्ने मानिसलाई राति अबेरसम्म काम गराएमा उनीहरुको स्वास्थ्यमा समस्या आउन थाल्छ ।

मानिसको सुत्ने र उठने समय अनुशासनको विषय मात्र नभएको शोधकर्ताहरुको दाबी छ । उठ्ने र सुत्ने बानीमा ५० प्रतिशत जीनको पनि भूमिका हुने शोधकर्ताहरु बताउँछन् । बाँकी ५० प्रतिशत पर्यावरण र उमेरले निर्धारण गर्ने उनीहरुको दाबी छ । २० वर्षको उमेरमा मानिस अबेर सुत्ने बानीको चरम अवस्थामा हुने गर्छ । उमेर बढ्दै जाँदा मानिसको बडी क्लकले यसलाई पहिलेकै अवस्थातर्फ लैजान्छ । युनिभर्सिटी अफ सरे मा क्रोनो बायालोजीका प्राध्यापक म्याक्लम वान शात्ज भन्छन्, अबेर राति सुत्ने मानिस अल्छी हुन्छन् तर यो मानव जीवन विज्ञान हो । यही विज्ञानले उल्लु चरा तथा अन्य पक्षीलाई पनि प्रभावित गर्छ ।

अबेरसम्म निद्रा नलाग्नुका पछाडि सूर्याेदय र सूर्यस्तसँग पनि जोडिएको हुन्छ । दिउसोमा सूर्यको रोशनीभन्दा रातिको समयमा कृत्रिम प्रकाशमा बस्दा यस्तो समस्या हुन्छ । यसले छिटो निद्रा लाग्दैन । यो राति अबेरसम्म जागै रहने मानिसको साझा समस्या हो । जो पहिलेदेखि नै आफ्नो जीवन विज्ञानमा चल्दै अबेर सुत्ने समस्याबाट पीडित हुन्छन् । बिहान सूर्यको प्रकाश लिने र रातिमा कृत्रिम प्रकाश जस्तै मोबाइल र ल्यापटपबाट आउने निलो प्रकाशबाट आफूलाई बचाउन सकेमा ढिलो निद्रा लाग्ने समस्या अन्त्य हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here