प्रधानमन्त्रीद्वारा भूकम्प प्रभावित क्षेत्र बझाङको निरीक्षण

67

बझाङ । भूकम्प प्रभावित क्षेत्र बझाङको निरीक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली बझाङ पुगेको छ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद पनि बझाङ पुगेका छन्।

उनीहरु सेनाको हेलिकोप्टरमा बझाङ पुगेका हुन्। बझाङ पुग्नेबित्तिकै प्रधानमन्त्रीको टोलीले भूकम्पबाट क्षति भएको सदमुकाम चैनपुरस्थित जयपृथ्वी बहुमुखी क्याम्पस र चैनपुरका भत्केका घरको स्थलगत अनुगमन गरेको छ।

अब टोलीले जिल्लास्थित सरकोरावाला निकायका प्रतिनिधि, प्रदेशका मुख्यमन्त्रीलगायतसँग छलफल र जानकारी लिने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here